‘रेस्ट्रोएक्स’ बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

पाेखरा | पुस १३, २०८०

‘रेस्ट्रोएक्स’ बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट स्टार्टअप कम्पनी

पोखरा:    पोखराको रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं ‘आइसिटी अवार्ड’मा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ । 


एक दर्जन बढी प्रि–इभेन्ट, ५ महिनादेखिको छनोट प्रक्रिया पूरा गरी विभिन्न १४ विधामा अवार्ड वितरण गरिएको थियो । त्यसबाहेक सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
प्रदेश उत्कृष्ट स्टार्टअपमा गण्डकीबाट रेस्ट्रोएक्ससहित कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्सबी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन अवार्डबाट सम्मानित भए ।


लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड मानिन्छ ।


रेस्ट्रोएक्सका सिइओ स्वदेश नेपालीले प्रदेशबाट उत्कृष्ट स्टार्टअप सम्मानबाट सम्मानित भएपछि आफूहरुलाई हौसला मिलेको बताए । ‘आइटी क्षेत्रमै केही गरौं भनेर लागिरहेका छौं । यो सम्मानले अझै यसमै केही राम्रो गरौं भन्ने हौसला दिएको छ,’ उनले भने ।


रेस्ट्रोएक्स प्रालिको मुख्य कार्यालय पोखरा जिरो किलोमिटरमा छ । यो सफ्टवेयर रेस्टुरेन्ट, होटल तथा क्याफेलाई डिजिटल रुपमा व्यवस्थापन गर्न बनाइएको नेपालीले जानकारी दिए । उनका अनुसार हाल उक्त सफ्टवेयर १५ सयभन्दा बढी रेस्टुरेन्टले प्रयोगमा ल्याएका छन् । 
 

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्